दफा १८९
बन्द सवाल गर्न सक्ने

(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि परीक्षण गर्नु पर्ने साक्षी अर्को जिल्लाको वासिन्दाभई निजको शारीरिक अवस्थाको कारणले निजलाई मुद्दा रहेको अदालतमा उपस्थित गराई बकपत्र गराउन नसकिने कुराउल्लेख गरी बन्द सवाल मार्फत परीक्षण गराउन सम्बन्धित पक्षले अदालत समक्ष निवेदन दिएमा र त्यस्तो व्यहोरामनासिब देखिएमा अदालतले बन्द सवाल मार्फत साक्षी परीक्षण गराउन आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बन्द सवाल मार्फत साक्षी परीक्षण गराउनु परेमा त्यस्तो साक्षीलाई सोध्नु पर्ने प्रश्नहरूअनुसूची–१८ को ढाँचामा तयार गरी न्यायाधीशबाट प्रमाणित गराई साक्षी रहे बसेको जिल्लाको जिल्ला अदालतमाबन्द सवाल पठाउनु पर्नेछ र त्यस्तो सवाल विद्युतीय माध्यमबाट समेत पठाउन सकिनेछ ।
(३) उपदफा (१) बमोजिम अदालतबाट बन्द सवाल गराउने आदेश भएमा मुद्दाका पक्षहरूलाई सोही बमोजिम बन्द सवाल गराउनेअदालतमा उपस्थित हुन तारिख तोकी त्यसको जानकारी त्यस्तो अदालतलाई दिनु पर्नेछ ।
(४) उपदफा (२) बमोजिम बन्द सवाल प्राप्त भएमा त्यस्तो अदालतले सम्बन्धित पक्षबाट दफा १७९ को उपदफा (१) बमोजिमउपस्थित गराइएको साक्षीलाई आफ्नो अदालतमा मुद्दा परे सरह यस परिच्छेद बमोजिमको कार्यविधि पूरा गरी बन्दसवालका प्रत्येक प्रश्नको जवाफको बकपत्र तयार गरी त्यस्तो बकपत्रको कागजमा दफा १८७ वा १८८ बमोजिमकोप्रक्रिया पूरा गरी त्यस्तो व्यक्तिको सहिछाप गराई तीन दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पठाउनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम बन्द सवाल गर्नु पर्ने व्यक्ति हाजिर नभएमा त्यस्तो अदालतले सोही व्यहोरा उल्लेख गरी बन्दसवाल पठाउने अदालतमा पठाउनु पर्नेछ ।
(६) उपदफा (४) बमोजिम सम्बन्धित अदालतमा बन्द सवाल पठाउँदा त्यस्ता मुद्दाका पक्ष वा वारिसलाई सोको जानकारी गराईतारिख तोकी हाजिर हुन मुद्दा परेको अदालतमा पठाउनु पर्नेछ।